७ बैशाख २०८१, शुक्रबार April 19, 2024

विपतपुर शिविरमा आगलागी, आधा बस्ती जलेर नष्ट

११ बैशाख २०७९, आईतवार
विपतपुर शिविरमा आगलागी, आधा बस्ती जलेर नष्ट

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ ।
आगलागीबाट ५० घर बढी जलेर नष्ट भएको छ । शिविरमा ७० भन्दा घरधुरी रहेको छ । आगलागी अझै नियन्त्रणमा आइसकेको छैन । गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको जनाइएको छ । टीकापुरबाट आएको दमकल र स्थानीयले आगो नियन्त्रण गरिरहेको रामपुरका भलमन्सा रामलाल चौधरीले जानकारी दिए ।