२ असार २०८१, शनिबार June 15, 2024

गौरीगंगा ९ का वडा अध्यक्ष तिवारीले पदबाट दिए राजीनामा

९ बैशाख २०७९, शुक्रबार
गौरीगंगा ९ का वडा अध्यक्ष तिवारीले पदबाट दिए राजीनामा

कैलाली । गौरीगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः अध्यक्ष मा उम्मेदवारी दिने भन्दै तिवारीले पदबाट राजीनामा दिएका छन् ।
अगामी निर्वाचनमा पुुनः उम्मेदवार बन्ने आकांक्षा भएकाले पदबाट राजीनामा दिएको तिवारीले बताए । तिवारी नेकपा माओवादी केन्द्रका समन्वय समितिका सदस्य समेत हुन् । तिवारी २०७४ सालमा भएको निर्वाचनमा गौरीगंगा नगरपालिका ९ को अध्यक्षमा विजयी भएका थिए ।