धनगढी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
कैलारी गाउँपालिकाको कृषि शाखा रहेको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । सो गाउँपालिकामा कृष्णप्रसाद नेपाल निर्वाचन अधिकृत तोकिएका छन् । निर्वाचन अधिकृतको कार्यालय स्थापना अवसरमा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति रहेको थियो ।