९ जेष्ठ २०८१, बुधबार May 22, 2024

राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने प्रतिबद्धता

७ बैशाख २०७९, बुधबार
राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने प्रतिबद्धता

धनगढी । कैलालीका राजनीतिक दलले निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालयले कैलालीमा आज भएको छलफलमा उपस्थित भयरहित वातावरणमा स्वच्छ प्रतिस्पर्धा गर्नका लागि सहयोग गर्ने बताएका हुन । निर्वाचनमा लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धा हुन आवश्यक रहेको उनीहरूले बताएका हुन् ।
नेपाली काङ्ग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक लाजुराम चौधरी, राजपाका जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मी, नेपाल परिवार दलका खडक नागरी, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावल लगायतकाले प्रतिबद्धता जनाएका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन आयोग कैलालीका प्रमुख प्रेमराज भट्ट, सुरक्षा निकायका प्रमुख र विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।