कैलाली । यही वैशाख ३० गते हुने निर्वाचनका लागि कैलालीमा चार दलले गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।
शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीले तालमेल गर्ने भएको हो ।
लोसपाका जिल्ला अध्यक्ष कृष्ण चौधरी, जसपाका जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलाली अध्यक्ष माधव थारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय उपाध्यक्षले सहमति पत्रमा हस्ताक्षर गरि चुनावमा सँगै जाने बताएका हुन् ।
वैशाख १ गते बसेको संयुक्त बैठकबाट आउँदो वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गरेर जाने सैद्धान्तिक सहमति भएको थियो ।