कैलाली । चौधरी फाउण्डेशनले पाँच परिवारलाई छाना छाउनका लागि रंगीन जस्तापाता उपलब्ध गराएको छ । धनगढी नगरपालिकामा बसोबास गर्ने अति विपन्न दलित, जनजाति तथा एकल महिलाका परिवारलाई सामाग्री उपलब्ध गराएको हो ।
सामाग्री प्राप्त गर्नेमा वार्ड १ का बेसरी दमाइ, मंगला आउजी, वार्ड न. २ का चम्पी लुहार, वार्ड नं. १२ का काली चौधरी र सावित्री मगर रहेका छन् । फाउण्डेशनले सामाग्री हस्तान्तरण रुडुक नेपालका जिल्ला सचिव मार्फत घरधनीहरुलाई उपलब्ध गराएको हो ।
घर निर्माण सामाग्री खरिद गर्न सीजी फुड इन्टरप्राइजेज बर्दियाको आर्थिक सहयोग रहेको जानकारी सीजी प्रादेशिक कार्यलयका प्रमुख बन्सी चौधरीले बताउनु भयो ।