५ बैशाख २०८३, शनिबार April 18, 2026

वन तथा वातावरणमन्त्री चौधरीद्वारा राजीनामा

१५ चैत्र २०८१, शनिबार
वन तथा वातावरणमन्त्री चौधरीद्वारा राजीनामा

धनगढी, १६ चैत । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लेनदेनको विवादास्पद अडियो बाहिरिएपछि उनले शनिबार पत्रकार सम्मेलन गरेर मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
चौधरीले राजीनामा पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइ सकेका छन् । अतिरञ्जित तरिकाले अडियो सार्वजनिक भइसकेपछि नैतिकताको हिसाबले आफूले पदबाट राजीनामा दिएर कानुनी रुपमा सत्यतथ्य छानविनका लागि मार्ग प्रशस्त गरेको चौधरीले बताए ।
उनले लेनदेनको विषयमा दोषी ठहर भए कानुनी रुपमा सजायको भागेदार हुन आफू तयार रहेको उल्लेख गरे । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री हुनु भएका चौधरीले सुदूरपश्चिम प्रदेशको दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदबाट पास गरी कार्यान्वयन गर्ने सन्दर्भमा आर्थिक लेनदेनको विवादास्पद अडियो बाहिरिएको बताइएको छ ।
उनले पदबाट राजिनामा दिनेक्रममा आफ्नो पार्टीभित्र दुई धार रहेको, पार्टी भित्रैबाट र अन्य पार्टीहरुले आफूमाथि षडयन्त्र गरेको चौधरीले बताए । उनले आफूलाई नियुक्तिको विषयमा केही दिन अघि धम्की दिएको र सुरक्षित राखिएको धम्कीपूर्ण मेसेज आवश्यक परेको बेला सार्वजनिक गर्ने बताए ।
उनले आफूमाथि प्रश्न उठेकोले नैतिकताका आधारमा राजिनामा दिएपनि आर्थिक लेनदेनमा आफू संलग्न नभएको बताए ।