७ फाल्गुन २०८१, बुधबार February 19, 2025

हसुलियामा निःशुल्क आँखा जाँच शिविर, ७५७ जनाले लिए सेवा

८ चैत्र २०७९, बुधबार
हसुलियामा निःशुल्क आँखा जाँच शिविर, ७५७ जनाले लिए सेवा

हसुलिया । कैलालीको कैलारी गाउँपालिका हसुलियामा निःशुल्क आँखा जाँच शिविर भएको छ ।
रोटरी अष्ट्रेलिया र रोटरी क्लब अफ सेन्ट्रल बाँकेको संयुक्त आयोजना तथा कैलारी गाउँपालिकाको सहकार्यमा आज भएको आँखा जाँच शिविर ७५७ जनाले सेवा लिएका छन् । गाउँपालिकाको सभाहल (साझा हल) मा भएको शिविरमा ३९६ महिला र ३६१ जना पुरुषले आँखा जाँच गराएका कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले जानकारी दिए ।
उनले आँखा जाँच शिवरमा आवश्यकता अनुसार विरामीलाई निःशुल्क चश्मा वितरण र शिविरमा छनौट भएका जलविन्दु तथा मोतियाविन्दुका विरामी एवं आँखामा मासु पलाएका विरामीहरुको गेटा आँखा अस्पतालमा निःशुल्क अप्रेशनका लागि सिफारिस गरिएको बताए ।