१९ फाल्गुन २०८०, शनिबार March 2, 2024

दलित समुदायलाई पुर्ख्यौली पेशा सामग्री वितरण

१६ चैत्र २०७८, बुधबार
दलित समुदायलाई पुर्ख्यौली पेशा सामग्री वितरण


धनगढी। कैलालीको कैलारी गाउँपालिकास्थित वडा नम्बर ४ को कार्यालयले दलित समुदायलाई पुर्ख्यौली पेशाका सामग्री वितरण गरेको छ ।
चालू आर्थिक वर्षको लक्षित वर्गको कार्यक्रम अन्तर्गत सो समुदायको मौलिक पेशालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ विभिन्न सामग्री वितरण गरिएको हो । वडा कार्यालयले सिलाई मेशिन, हठौडा, घन वितरण गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सत्गौंवाले ती सामग्री हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा गाउँ सभाका विधेयक समितिका संयोजक राजेश सुनारसहित विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।