२६ आश्विन २०८१, शनिबार October 12, 2024

स्थानीय निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आह्वान

१३ चैत्र २०७८, आईतवार
स्थानीय निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आह्वान

कैलाली । चुनाव नजिकिए सँगै नेपाल लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी गतिविधी अघि बढाएको छ । शनिबार मात्रै पार्टीको कैलालीको प्रतापपुरमा बसेको बृहत जिल्ला बैठकले अगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन जिम्मेवारी बाड्फाड पनि गरिएको छ ।
पार्टीले टीकापुर संयोजकमा अभ्यास चौधरीलाई जिम्मेवारी दिईएको छ भने सदस्यहरुमा बिनय चौधरी र धना चौधरी रहेका छन् । त्यस्तै जोशीपुरको संयोजकमा नजारी लाल चौधरी र सदस्यमा अनिता चौधरी, अभिमन्यु चौधरी रहेका छन् । लम्कीचुहा (राजमार्ग क्षेत्र) मा शिवचरण चौधरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ र सदस्यहरुमा मान बहादुर चौधरी र जित बहादुर चौधरी रहेका छन् । लम्कीचुहा (वार्ड न ७ र ९) को संयोजकमा धनीराम चौधरी र सदस्यहरुमा सिताराम चौधरी, कृष्णी चौधरी र आशा चौधरी रहेका छन् ।
बर्दगोरियामा देशराज चौधरीलाई संयोजक तोकिएको छ भने सदस्यहरुमा सोम कुमार चौधरी, घोडाघोडीमा प्रदेशी चौधरीलाई संयोजक तोकिएको छ भने सदस्यहमा शंकर चौधरी रहेका छन् । गौरीगंगामा सुरज चौधरीलाई संयोजक तोकिएको छ र सदस्यमा शान्ति देवी चौधरी र मान बहादुर चौधरी रहेका छन् । गोदावरीमा डम्मर चौधरीलाई संयोजक र सदस्यहरुमा गणेश चौधरी, रजनी चौधरी, मंगल चौधरी, सोनकुमारी चौधरी र भागीराम चौधरी रहेका छन् ।
त्यस्तै धनगढीमा गोठु चौधरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ भने सदस्यहरुमा कुलबीर चौधरी, बिद्दु रानाथारु, जगदीश चौधरी रहेका छन् । कैलारी गाउँपालिकामा जगन्नाथ चौधरीलाई संयोजक र सदस्यहरुमा यम चौधरी, मिलन चौधरी र धनिराम चौधरी रहेका छन् । जानकीमा रमेश चौधरी संयोजक र शारदा चौधरी र बालकृष्णी चौधरी सदस्य रहेका छन् ।
नेपाल लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष माधव थारुले जिम्मेवारी पाएका संयोजक र सदस्यहरुलाई सक्रिय रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।