कैलाली । राना थारुहरुको खख्खेहरा पर्वको अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको उक्त समुदायको यहि चैत ११ गते शुक्रबार खख्खेहरा पर्व परेकोले सार्वजनिक विदा दिइएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको २०७८ को सार्वजनिक विदा सम्बन्दी सूचना अनुसार कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक विदाबारे जानकारी गरेको हो ।