६ बैशाख २०८१, बिहीबार April 18, 2024

वडा कार्यालयद्वारा १२ क्लबलाई खेलकुद सामग्री वितरण

१ चैत्र २०७८, मंगलवार
वडा कार्यालयद्वारा १२ क्लबलाई खेलकुद सामग्री वितरण

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ को वडा कार्यालयले सो वडामा रहेका १२ गाउँका १२ वटा युवा क्लबलाई खेलकुद सामग्री र पोशाक वितरण गरेको छ ।
खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ वडा कार्यालयले क्लबहरुलाई पोशाकसहित, भलिबल, फुटबल र गोलकिपरले लगाउने पञ्जा वितरण गरिएको हो । चालू आर्थिक वर्षको महिला तथा बालबालिका लक्षित वर्ग कार्यक्रम अन्तर्गत क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १२ वटै क्लबलाई एक÷एक थान भलिबल र फुटबल, एक÷एक जोड गोल किपिङ पञ्जा र आवश्यक पोशाक प्रदान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । उनले फुटबल र भलिबलका १९२ सेट पोशाक प्रदान गरिएको जनाए । ‘धेरैजसो क्लबले खेलाडीको पोशाक खरिद गर्न सक्दैनन्’, उनले भने । ‘उनीहरुलाई खेलमा प्रोत्साहन गर्ने उद्देश्यले हामीले वडाबाट सहयोग गरेका हौं ।’ यस्तै, छटक बसन्ताको भलिबल ट्रेनिङ सेन्टरलाई १० वटा प्रशिक्षण बल पनि प्रदान गरिएको छ ।
कार्यक्रममा वडा सदस्यहरु फिरुराम चौधरी, सुन्दरप्रसाद चौधरी, वडा नम्बर ७ का वडा सचिव गणेश चौधरी, माओवादी केन्द्रका वडा इन्चार्ज तुल्सीराम चौधरी, भलमन्सा रामलाल चौधरी, विभिन्न क्लबका खेलाडीको सहभागिता रहेको थियो ।