८ बैशाख २०८१, शनिबार April 20, 2024

डडेलधुरा ईस्पिकिङग आइडलको उपाधि निराजन द्वारिया जित्न सफल

१ चैत्र २०७८, मंगलवार
डडेलधुरा ईस्पिकिङग आइडलको उपाधि निराजन द्वारिया जित्न सफल

मिना साउद
डडेलधुरा ।
डडेल्धुरामा ईस्पीकिङग आईडल २०७८ सम्पन्न भएको छ ।
अमरगढी नगरपालिकामा भएको डडेलधुरा ईस्पीकिङग आईडलको उपाधि निराजन द्वारियाले जित्न सफल भएका छन् ।
डडेल्धुराको पर्यटन विकासमा हाम्रो भुमिका शिर्षकमा भएको ईस्पीकिङग आईडलमा दोस्रो निसा कार्की,तेस्रो ज्योति पुजारा र चौथो सुभाष पनेरु भएका थिए ।
बिजेताहरुलाई क्रमशः प्रथम पन्ध्र हजार पन्ध्र , दोस्रो दश हजार दश, तेस्रो दुई हजार पाँच सय पच्चीस र चौथोलाई एक हजार दश रुपियाँको दरले पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कारको रकम समाजसेवी बिनय प्रकाश मल्लले सहयोग गरेका थिए।
खबरदारी न्युजको आयोजना गरिएको कार्यक्रममा शिखर बहुउद्देश्य बिकास समाजको सहआयोजना र बोल्ने थलीको प्रबर्द्धनमा गरिएको थियोे ।

डडेलधुरा ईस्पीकिङग आईडल जिल्लाका २ नगरपालिका र ५ वटा गाउपालिकामा संचालन गरीएका पालिका आईडलबाट छनोट भएर आएका २८ जनाले प्रतिस्पर्धा गरेका थिए ।