९ जेष्ठ २०८१, बुधबार May 22, 2024

भारतीय नागरिक कुलदीप गुप्ताको हत्या आरोपमा दुईजना पक्राउ

२७ फाल्गुन २०७८, शुक्रबार
भारतीय नागरिक कुलदीप गुप्ताको हत्या आरोपमा दुईजना पक्राउ

धनगढी । भारतीय नागरिक कुल्दीप गुप्ताको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको आरोपमा दुईजना नेपाली नागरिक पक्राउ परेका हुन् ।
शुक्रबार उनीहरुलाई पत्रकारसम्मेलन मार्फत सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा(२४) र भुपेन्द्र बुढा(२०) रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
गत सोमबार बिहान धनगढी उपमहानगरपालिका–५ को शिवनगर–जाइ सडकखण्ड नजिकै भेटिएको शव भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय गुप्ताको शव फेला परेको थियो ।