धनगढी । ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘नेपाली महिलाहरुको विगत र वर्तमान अवस्था’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा साइप्रसमा रहेकी सरिता चौधरी प्रथम भएकी छन् ।
प्रवासी नेपाली मञ्च, युरोप कमिटी महिला विभागले आयोजना गरेको वक्तृत्वकलामा विभिन्न देशमा रहेका १८ जना प्रतिस्पर्धीलाई उछिन्दै चौधरीले प्रथम स्थान हासिल गरेकी हुन । उनले चार सय युरो पुरस्कार हात पारेकी छन् । प्रथम स्थान हासिल गर्ने चौधरी प्रवासी नेपाली मञ्च साइप्रसको प्रवक्ता पनि हुन । भर्चुअल माध्यमबाट गरिएको प्रतियोगितामा १९ जनाको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा डेनमार्कमा रहेकी सर्मिला पाण्डेय द्वितीय, इजरायलमा रहेकी जेनिशा राई तृतीय भएका छन् । दुवै जनाले क्रमशः ३००, २०० युरो पुरस्कार प्राप्त गरे । यसैगरी, डेनमार्कमा रहेकी सविता महत्रा र युकेमा रहेकी अहिल्या कुँवरले सान्त्वना स्थान प्राप्त गरेका छन् । दुवैले एक÷एक सय युरो पुरस्कार प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य सुजिता शाक्यको प्रमुख आतिथ्यतामा भएको वक्तृत्वकला प्रतियोगितामा प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, एमालेका केन्द्रीय सदस्य सृजना काफ्ले, बियोण्ड द बेइजिङका निवर्तमान अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठ निर्णायक रहेका थिए ।