९ जेष्ठ २०८१, बुधबार May 22, 2024

कैलाली काँग्रेस अधिवेशन : सभापतिका लागि मतदान १९ गते हुने

१७ फाल्गुन २०७८, मंगलवार
कैलाली काँग्रेस अधिवेशन : सभापतिका लागि मतदान १९ गते हुने

धनगढी : नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि दोस्रो चरणको मतदान १९ गते हुने भएको छ । जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको मतगणनामा सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले आज विहान सभापतिका दुई उम्मेदवार र निर्वाचन समितिबीच छलफल भएको र १९ गतेका लागि दोस्रो चरणको मतदान तय भएको जानकारी दिए ।
पहिलो चरणको मतगणनाअनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए । बमले एक हजार १६९ मत प्राप्त गर्दा सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए ।
पहिलो चरणमा पहिलो भएका बम र दोस्रो भएका भट्टबीच सभापतिका लागि फेरि प्रतिस्पर्धा हुने भएको हो । दोस्रो चरणका मतदान हुने भएसंगै अब पहिलो चरणको मतगणनामा तेस्रो भएका इतर पक्षका रामबहादुर कलेलको भूमीका महत्वपूर्ण देखिएको छ ।