२० मंसिर २०८१, बिहीबार December 5, 2024

सुदूरपश्चिमा ५ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप

११ फाल्गुन २०८०, शुक्रबार
सुदूरपश्चिमा ५ लाख बढी बालबालिकालाई दादुरा–रुवेला खोप

धनगढी, ११ फागुन । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सुदूरपश्चिम प्रदेशमा ५ लाख २३ हजार ८३९ जना बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।
यही फागुन १३ गते देखि चैत ७ गतेसम्म सञ्चालन हुने खोप अभियानबारे सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार आयोजना गरेको कार्यक्रममा स्वास्थ्य निर्देशक डा. जगदीश जोशी अभियानबारे जानकारी गराए ।
राष्ट्रिय खोप कार्यक्रम अन्र्तगत सुदूरपश्चिम प्रदेशको ९ वटै जिल्लाका नौ महिनादेखि ५ वर्षमुनिका २ लाख ९ हजार ७५५ जना र पाँच वर्षदेखि १५ वर्षमुनिका ३ लाख १४ हजार ८४ जना सहित ५ लाख २३ हजार ८३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको उनले बताए ।
जसमा कैलालीमा २ लाख ४० हजार ७५८ जना, कञ्चनपुरमा १ लाख ६५ हजार ५३२, डडेल्धुरामा ११ हजार ८२३, डोटीमा १८ हजार २९५, बैतडीमा २१ हजार ३२४, दार्चुलामा १० हजार ४१०, बझाङमा १८ हजार ३७६, बाजुरामा १३ हजार ९४२ र अछाममा ३ हजार ३७९ बालबालिकालाई खोप लगाउने भएको हो ।