२० मंसिर २०८१, बिहीबार December 5, 2024

जोशीपुर स्वास्थ्य केन्द्रलाई सिकलसेल चेकजाँच मेसिन

५ फाल्गुन २०७९, शुक्रबार
जोशीपुर स्वास्थ्य केन्द्रलाई सिकलसेल चेकजाँच मेसिन

कैलाली । कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई सिकलसेल एनिमिया रोग चेकजाँच गर्ने मेसिन हस्तान्तरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश आपुर्ति केन्द्र महाशाखाका प्रमुख निरज अर्याल र सेती प्रादेशिक अस्पतालका डा. प्रदिप मिश्रले उक्त मेसिन गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखा देवी कठरियालाई हस्तान्तरण गरेका थिए ।
स्थानीय स्तरमा सिकलसेल रोगको चेकजाँच निःशुल्क हुनु खुशीको कुरा रहेको डा. प्रदिप मिश्रले बताए । “थारू जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा सिकलसेल पनि विशेष गरि थारू समुदायका मानिसमा लाग्ने रोग भएकोले यस ठाउँको लागि यो मेसिनको आवश्यकता रहेको थियो’ उनले भने–‘अब विशेष गरि सिकलसेल उपचार तथा परामर्श केन्द्र भनेर अलग्गै कार्यसेवा विस्तार गर्न सके बढी प्रभावकारी रहने छ । यो रोग बंशाणुगत सर्ने भएकोले यो रोगको विषयमा स्वास्थ्यकर्मीहरुले सकेसम्म विद्यालयमा गएर सन्देश मूलक कार्यक्रम चलाउन आवश्यक छ ।’


डा. मिश्रले आफ्नो जन्मस्थल क्षेत्र भएकोले यस ठाउँको विकासमा टेवा पु¥याउने आफ्नो कर्तव्य रहेको पनि बताए ।
डा. निरज अर्यालले यो मेसिन चलाउने जनशक्तिको आवश्यकता र ल्यावको तापक्रम मेन्टेनमा चुनौती रहेको बताए । उनले प्रदेश सरकारबाट स्वास्थ्य सामग्री, औषधी आवश्यक परेमा सहयोग गर्ने बताए ।
गाउँपालिका अध्यक्ष चौधरीले जोशीपुरका स्वास्थ्य क्षेत्रमा थप सेवा विस्तारमा प्रदेश आपुर्ती केन्द्रले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । साथै उनले प्राथमिक स्वास्थ्य केन्द्रलाई मेसिन सञ्चालनका लागि आवश्यक सहयोग गर्ने पनि बताए ।