३२ असार २०८१, सोमबार July 15, 2024

कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि

१८ माघ २०७९, बुधबार
कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि

कैलाली । कैलालीका दुई जना बालबालिकामा दादुरा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ का दुई जना बालबालिकामा दादुरा पुष्टि भएको हो ।
दुई साताअघि नै लक्षण देखिए पनि बुधबार मात्र पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कुम्भराज जोशीले जानकारी दिए ।
शाखा प्रमुख जोशीका अनुसार बालबालिकामा दादुरा देखिएपछि अन्यमा सर्न नदिनका लागि उपमहानगरपालिकाले खोप अभियान सुरु गरेको छ ।
वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप लगाउन थालिएको छ ।