२१ मंसिर २०७९, बुधबार December 7, 2022

सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पुनः जनकराज

१५ फाल्गुन २०७८, आईतवार
सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पुनः जनकराज

धनगढी । सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पुनः जनकराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको १९ औं साधारण सभाबाट जनकराज पाण्डे पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।

साधारण सभाबाट उपाध्यक्षमा कुबेरबहादुर शाही, सचिवमा भिमबहादुर चौधरी र कोषाध्यक्षमा लोकेन्द्र भट्ट पुनः निर्विरोध निर्वाचित भएका हुन् । सहसचिवमा अर्जुनबहादुर खड्का निर्वाचित भएका छन् भने सदस्यमा धनबहादुर शाही, छेदालाल चौधरी, दत्तुराम पाण्डे, रञ्जना शाही, दिनेश प्रकाश चटौत र बहादुर सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् । संस्थाको पहिलो बैठकले बिरेन्द्रबहादुर शाही, सुनिराम चौधरी, प्रकाशबहादुर सिंह र महेशकुमार सिंहलाई सदस्यमा मनोनित गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यता हिजो भएको साधारण सभाको उद्घाटन समारोहका बिशिष्ट अतिथी कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी रहेका थिए । कार्यक्रमको उद्घाटन समारोहमा बिभिन्न क्षेत्रमा योगदाना पुगाएका संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा योगदान पुगाएको भन्दै पत्रकार कर्ण शाह, सेवा केन्द्रको बिभिन्न संरचना निर्माणमा आर्थिक सहयोग जुटाउन सहयोग गर्ने धिमलाल जोशी, बाजेबज्यैको अहोरात्र खटेर सेवा गरे बाफत महेशकुमार सिंह, मानवीय सेवामा समर्पित दृष्ट्रि फाउण्डेसन र मानव सेवा आश्रम लगायतलाई सम्मानित गरिएको थियो ।

बि.स. २०५७ सालमा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरमा ३१४ जना आजिवन सदस्य रहेका छन् ।