७ फाल्गुन २०८१, बुधबार February 19, 2025

कैलारीको विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

१५ फाल्गुन २०७८, आईतवार
कैलारीको विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

कैलाली । कैलारी गाउँपालिकाको विद्यालयमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु भएको छ । हसुलिया आयुर्वेद औषधालयको पहलमा आ.व. २०७८/०७९ को कार्यक्रम अन्र्तगत एक सामुदायिक र एक संस्थागत सहित दुई विद्यालयमा विद्यालय योग तथा आयुर्वेद शिक्षा कार्यक्रम सुरु भएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ पवेरा स्थित श्री जनकल्याण माध्यमिक विद्यालय र वडा नम्बर १ हसुलिया स्थित स्कुल ब्राइट स्टारमा माध्यमिक स्तरका विद्यार्थीलाई समेटेर यो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रम नियमित रुपमा संचालनका लागि दुवै स्कुलको स्वास्थ्य शिक्षा संग सम्बन्धित शिक्षकलाई अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो ।
नियमित रुपमा योग कक्षा सञ्चालनको लागि २८/२८ थान योग गर्ने म्याट पनि स्कूललाई हस्तानतरण गरिएको छ । हस्तानतरण कार्यक्रमा हसुलिया आयुर्वेद औषधालयको प्रमुख सुभाषशाहले यस कार्यक्रमबाट विद्यार्थीहरुलाई स्थानीय रुपमा रहेको जडिबुटी पहिचान प्रयोग गर्न प्रोतसाहित गर्ने तथा योगले अनुशासीत र निरोगी हुन मद्दत पुर्याउने आशा व्यक्त गरे ।
हस्तानन्तरण कार्यक्रममा सम्बन्धित विद्यालयको प्रध्यानाध्यापक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।