२९ मंसिर २०८१, शनिबार December 14, 2024

नवजीवन सहकारी संस्थाको नेतृत्वका लागि १७ बुँदे घोषणापत्र जारी गर्दै कठायत प्यानल घोषणा

१२ फाल्गुन २०७८, बिहीबार
नवजीवन सहकारी संस्थाको नेतृत्वका लागि १७ बुँदे घोषणापत्र जारी गर्दै कठायत प्यानल घोषणा

धनगढी । नवजीवन सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने भएकाले चुनावी सरगर्मी समेत बढेको छ । नयाँ नेतृत्वको लागि रतन बहादुर कठायत र देवबहादुर बमको प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । यसै बिच बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कठायत प्यानल घोषाण गर्दै आफ्नो १७ बुँदे चुनावी घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
‘हाम्रो समृद्धि, हाम्रै एकताबाट सम्भव छ, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मूल नारा सहित चुवावी मैदानमा होमिएको कठायत प्यानलले नवजीवनलाई पूर्ण प्रविधीमैत्री बनाई नवजीवन कल सेन्टको स्थापना गरि सहकारीका सदस्य तथा गैरसदस्यले निःशूल्क संस्थाबाट प्रदान गरिने सेवा सुविधाको जानकारी लिन पाउने र सम्पूर्ण सेवा केन्द्रमा एटिएम सेवा विस्तार गर्नुका साथै क्यूआर पेमेन्ट सेवालाई विस्तार गरिने जनाएको छ ।
त्यस्तै नवजीवन बीमा कार्यक्रम सुरु गरि संस्थाका सदस्यलाई १ लाख देखि ५ लाख सम्मको स्वास्थ्य बिमा र प्रत्येक सेवा केन्द्र वरपर रहेका निजी तथा सामुदायिक अस्पतालहरु संग समन्वय गरि सहकारीका सदस्यलाई औषधी उपचार, स्वास्थ्य जाँचमा विशेष छुटको व्यवस्था लगायत नवजीवन सहकारी अस्पतालको अवधारणाका लागि योजना निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।
कृषका लागि बैज्ञानिक कषि उत्पादन, बजारीकरण र उचित मुल्य दिलाउन र सहुलियत ब्याजदरमा ऋण प्रवाह गरिने, लघुविक्त कार्यक्रमलाई लघुउद्दमसंग समन्वय गरि प्रत्येक सेवा केन्द्रमा सुपथ मुल्यमा पसल खोल्ने, कृषि लघुउद्यम मार्फत उत्पादित बस्तुहरुलाई बजार प्रवद्र्धन गरिने लगायत रहेका छ ।
यस्तै कम्तिमा ३ सेवा केन्द्रलाई पायक पर्ने गरि ३ ओटा नवजीवन स्कूल क्यापसको स्थापना गरि सो मार्फत सदस्यका बालबालिकालाई उच्च माध्यमिक तहसम्म सुलभ तरिकाले अध्ययनको व्यवस्था मिलाउने र नवजीवन शिक्षा पदकलाई अझै विद्यार्थीमुखी, विद्यार्थीमैत्री बनाई नवजीवन संग विद्यार्थी कार्यक्रम सुरु गरिने, प्रत्येक वर्ष कम्तिमा १ सय जना सदस्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको सकारी भ्रमणको व्यवस्था, कर्मचारीहरुको वृति विकासका लागि आवश्यक तालिम, उत्प्रेणाका कार्यक्रम, कर्मचारी सापटीलाई विमासंग आवद्ध गरि कर्मचारी जीवन सुरक्षामा ध्यान दिइने, ४ वर्षमा संस्थाको १२ ओटा नयाँ सेवाकेन्द्रको स्थापना गरिने उल्लेख गरेका छन् ।
साथै हाल सहकारी ऐनले सदस्यहरुलाई प्रदान गर्न मिल्ने लाभांश दर १८ प्रतिशत बाहेक संरक्षित पुँजी फिर्ता कोष मार्फत सदस्यहरुलाई कारोबारको योगदानमा आधारित रहि वार्षिक पुँजी फिर्ता गरिने, युवा तथा साना स्वरोजगार कोष तथा अन्य सकारी तथा दातृ निकायहरुसंग समन्य गरि कृषक सदस्य, उद्यमी सदस्यलाई सहुलियत दरमा कर्जा दिने, गोदावरी नगरपालिका स्थित रहेको संस्थाको बिउबिजन भण्डारण केन्द्रलाई कृषक सदस्यको उत्पादन भण्डारण र बजारीकरण, संस्थामा प्रवेश गर्ने नयाँ कर्मचारीहरुमा शेयर सदस्यका सन्ततिहरुलाई प्राथमिकता, संस्था स्थापनाकालका शेयर सदस्यहरु एवं ७० बर्षभन्दा माथिका सदस्यहरुलाई प्रत्यक्ष आर्थिक, सामाजिक, धार्मिक तथा पर्यटकीय लाभ हुने क्रियाकलाप गरिने लगायत बुँदा उल्लेख गरेका छन् ।
उनका प्यानलमा उपाध्यक्षमा चेतराज ओझा र सदस्यहरुमा क्रमशः उत्तम जोशी, उपेन्द्र विष्ट, केशवराज मिश्र, कृष्ण बहादुर चौधरी, गणेश बम, गोपीलाल चौधरी, जयराज जोशी, पूर्णराज जोशी, भीम बहादुर बलायर, राधिका कुमारी चौधरी र रोम स्वाँर रहेका छन् । लेखा सुपरीवेक्षक संयोजक चेतराज जोशी र सदस्यहरुमा लक्ष्मीराज पन्त र सीता विक रहेका छन् ।
यस अघि बुधवार देव बहादुर बमले आफनो नेतृत्वमा प्यानल घोषणा गरिसकेका छन् । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेका हुन् । हाल संस्थामा झन्डै ३० हजार शेयर सदस्य रहेका छन् ।
संस्थामा हाल १० ओटा सेवाकेन्द्रहरु सञ्चालनमा रहेको र हाल ४ अर्ब १२ करोड बचत संकलन गरी विभिन्न व्यवसायीक तथा उत्पादनमूलक क्षेत्रमा करिब ३ अर्ब ७० करोड कर्जा लगानी रहेको जनाएको छ ।
संस्थामा हाल २६ करोड २४ लाख चुक्ता शेयर पुँजी रहेको र विभिन्न जगेडा कोषहरूमा करिब ३८ करोड रकम जम्मा भई ६४ करोडको पुँजी कोष कायम गरेको जनाएको छ । संस्थाको नयाँ कार्यसमिति चयनका लागि फागुन २८ गते निर्वाचन हुँदै छ ।