२३ मंसिर २०७९, शुक्रबार December 9, 2022

नवजीवन सहकारी सस्थाको नयाँ कार्य समिती चयनको लागि बमको टिम घोषणा

११ फाल्गुन २०७८, बुधबार
नवजीवन सहकारी सस्थाको नयाँ कार्य समिती चयनको लागि बमको टिम घोषणा

फागुन । नवजीवन सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभाको तयारी तीव्र पारिएको छ । साधारण सभा मार्फत नयाँ कार्यसमिति समेत चयन हुने भएकाले चुनावी सरगर्मी समेत बढेको छ ।
नयाँ नेतृत्वको लागि देवबहादुर बम र रतन कठायत प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन्। बमको समूहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो प्यानल घोषणा गरेको छ।

जसको उपाध्यक्षमा भरत राज जोशी रहेका छन् । यस्तै सदस्यहरूमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमा अधिकारी, घन बहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, डा. महेशराज विष्ट रहेका छन् । यस्तै अन्य सदस्यमा माधव चौधरी, रबी कुँवर, विश्वनाथ ओझा, शिवकुमार फुलारा रहेका छन् ।

सोही समूहबाट लेखा समितिमा मदनराज ओझा, गणेश प्रसाद उपाध्याय र सरस्वती कोली उम्मेदवार बनेका छन् । घोषणा सभामा बोल्दै अध्यक्षका उम्मेदवार बमले संस्थालाई नयाँ उचाइमा पु¥याउन आफ्नो समूहको उम्मेदवारी रहेको बताए ।

उनले आफ्नो समूहलाई सबै पार्टी, सङ्घ संस्था र सबै शेयर सदस्यको समर्थन रहेको जिकिर गरे । नवजीवन सहकारी संस्था २०५० सालमा ९ जना शेयर सदस्यले सुरु गरेका हुन् । हाल संस्थाका झन्डै ३० हजार शेयर सदस्य रहेका छन् । नयाँ कार्यसमिति चयनका लागी संस्थाको फागुन २८ गते निर्वाचन हुँदै छ ।