धनगढी । नेशनल प्याथ ल्याव धनगढीले पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी तथा पारिवारिक सदस्यलाई हरेक चेकजाँचमा ३० प्रतिशत छुट दिने भएको छ ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिसँगको सहकार्यमा नेशनल प्याथ ल्याव धनगढीले प्रदेशमा रहेका पत्रकार, सञ्चार गृहमा कार्यरत कर्मचारी तथा पत्रकारका परिवारका सदस्यलाई स्वास्थ्य चेकजाँचमा छुट दिइने भएको हो । मंगलबार पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य हरि जोशी र ल्यावका प्रवन्धक हरि सिंह धामी बिच ल्यावले प्रदान गर्ने विभिन्न सेवा, स्वास्थ्य परिक्षण तथा सुविधिाहरुका दिइने छुट सम्बन्धी सम्झौता गरिएको छ । ल्यावसँग पत्रकारले आफ्नै प्रदेशमा गुणस्तरीय परिक्षणमा सहुलियत दिने उद्देश्यले दुइ पक्षीय सम्झौता गरिएको हो ।
ल्यावबाट प्रदान गरिने सेवा प्राप्त गर्नका लागि महासंघको सिफारिस तथा परिचयपत्र अनिवार्य आवश्यक पर्ने छ । परिक्षणको रिर्पोट सेवाग्राहीको चाहना अनुसार इमेल, ह्वाट्सएप वा भाइबरबाट पनि पठाउन सकिने ल्यावले जनाएको छ ।
सम्झौता पछि मूलधारका सञ्चारमाध्यमहरुमा कार्यरत पत्रकार तथा कर्मचारी महासंघमा आवद्ध पत्रकारहरु तथा उनका परिवारका सदस्य सहित यस प्रदेशमा करिव २० हजार बढीले लाभान्वित हुने विश्वास गरिएको छ ।