१ बैशाख २०८३, मंगलवार April 14, 2026

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा २१३ कर्मचारी माग

२७ पुष २०७९, बुधबार
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा २१३ कर्मचारी माग

धनगढी । लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ।
आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।
विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ। दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ।