२० माघ २०७९, शुक्रबार February 3, 2023

धनगढीको घोेड्सुवा शहरी स्वास्थ्य केन्द्रमा सिकलसेल चेकजाँच हुने

२२ पुष २०७९, शुक्रबार
धनगढीको घोेड्सुवा शहरी स्वास्थ्य केन्द्रमा सिकलसेल चेकजाँच हुने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको घोड्सुवामा सिकलसेल एनिमिया रोग निदान कार्यक्रम अन्र्तगत स्वाथ्य शिविर सञ्चालन हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाको समन्वय र स्वास्थ्य कार्यालय कैलालीको सहकार्यमा उपमहानगरपालिकाको वडा नं ११ स्थित घोड्सुवा शहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
यहि पुस २४ गते आइतबारको दिन हुने स्वास्थ्य शिविरमा सिकलसेल एनिमिया, थालासेमिया रोगको निदान कार्यक्रम अन्तरगत रगत परिक्षण स्वास्थ्य शिविर (एच. बि. सोलिबिलिटी) सञ्चालन हुने जनाएको छ ।