६ बैशाख २०८१, बिहीबार April 18, 2024

सेती प्रादेशिक अस्ताल सिटी स्क्यान सेवाको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

१७ पुष २०७९, आईतवार
सेती प्रादेशिक अस्ताल सिटी स्क्यान सेवाको मुख्यमन्त्री भट्टद्वारा उद्घाटन

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बिच मुख्यमन्त्री भट्टले सिटी स्क्यानको उद्घाटन गरेका हुन् । अस्पतालले यहि पुस १३ गते देखि सिटी स्क्यान मार्फत सेवा सुरु गरे पनि आइतबार उद्घाटन भएको हो ।
प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको हो । सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अब त्यो समस्या हट्ने विश्वास व्यक्त गरिएको छ ।
सेती प्रादेशिक अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले अस्पतालमा विगत लामो समयको संघर्षपछि सिटी स्क्यान सेवा सञ्चालनमा आएको जानकारी दिए । मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले जनशक्ति अभावले सिटी स्क्यान मेसिन सञ्चालनमा ढिलाई भएको बताए । सेती प्रादेशिक अस्पतालमै सिटी स्क्यान मेशिन शुरु भएपछि बाहिरको भन्दा आधा मुल्यमा चेकजाँच गर्न पाइने उनले बताए । बाहिरको सिटस्क्यान मेसिनको तुलनामा अस्पतालको मेसिन बढी क्षमताको रहेको उनले बताए ।