१३ बैशाख २०८२, शनिबार April 26, 2025

माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन

१७ पुष २०७९, आईतवार
माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम सभाको संसदीय दलको नेतामा खगराज भट्ट निर्बिरोध चयन भएका छन् ।
माओवादी केन्द्रका सुदूर पश्चिम ईञ्चार्ज भट्टलाई अर्का आकांक्षी ओम बिक्रम भाटले समेत समर्थन गरेपछि भट्ट निर्बिरोध संसदीय दलको नेता चयन भएका हुन् ।
संसदीय दलको नेता चयनका लागि शनिवार बसेको माओवादी केन्द्रको बैठक नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य भाटले ससदीय दलका नेताका रुपमा आफू पनि आकांक्षी भएको बताएपछि निष्किर्ष बिहीन भएको थियो ।
आईतबार बिहान बसेको बैठकमा भने भाटले आफ्नो दावी फिर्ता लिदै भट्टलाई समर्थन गरेका हुन् । सुदूर पश्चिम प्रदेश सभामा माओवादी केन्द्रका ११ जना सांसद रहेका छन् ।