८ बैशाख २०८१, शनिबार April 20, 2024

भुईयाँफाँटाको भलमन्सामा पुनः दुलारे चौधरी

१७ माघ २०७८, सोमबार
भुईयाँफाँटाको भलमन्सामा पुनः दुलारे चौधरी

धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ भुईयाँफाँटा गाउँको भलमन्सामा पुनः दुलारे चौधरी चयन भएका छन् ।
सोमबार भएको सो गाउँको खोज्नीबोज्नी (भेला) ले एक वर्षका लागि पुनः चौधरीलाई सर्वसम्मतले भलमन्सामा चयन गरेको हो । माघी पर्वदेखि नै थारु समुदायमा भलमन्सा चयनको कार्य भइरहेको छ । गाउँघरमा विकासको कार्य, भोजभतेर लगायतमा भलमन्साको नेतृत्वदायी भूमिका रहने गर्दछ । यसैगरी, सामान्य वादविवाद पनि भलमन्साले गाउँघरमा मिलाउने कार्य गर्दै आएका छन् ।
यस्तै, भेलाले अघरियामा जन्जीरु चौधरी र गाउँको सचिवमा सन्दरलाल चौधरीलाई चयन गरेको छ । भलमन्साको अनुपस्थितिमा अघरियाले कार्यबाहक भूमिका निर्वाह गर्ने गर्दछन् । यसैगरी, सचिवले गाउँका वर्षभरिको हरहिसाब राख्ने गरेको जनाइएको छ ।
भुईयाँफाँटा गाउँमा करिब पाँच सय घरपरिवारको बसोबास रहेको छ । कैलालीमा धेरै परिवारको बसोबास रहेका गाउँमध्येको यो पनि एक हो ।