१३ जेष्ठ २०७९, शुक्रबार May 27, 2022

दिगो विकासद्वारा कैलारीलाई स्वास्थ्य सामग्री सहयोग

५ माघ २०७८, बुधबार
दिगो विकासद्वारा कैलारीलाई स्वास्थ्य सामग्री सहयोग

हसुलिया । दिगो विकास समाज भजनीले कैलारी गाउँपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अभियानमा सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । दिगो विकास समाज भजनीका सीएम सरिता चौधरीले बुधबार ती सामग्री गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई हस्तान्तरण गरेकी छन् ।
सो संस्थाले फेरस सल्फेट, फोलिक एसिड, जिंक, भिटामिन सी, भिटामिन डी–३, भिटामिन इ, भिटामिन बी–१२, भिटामिन बी कम्पलेक्स, भिटामिन बी–६, मास्क, सेनिटाइजर सहयोग गरेको गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।