१३ जेष्ठ २०७९, शुक्रबार May 27, 2022

थारु गाउँमा धमाधम नेतृत्वय चयन, रामपुरको भलमन्सामा रामलाल

५ माघ २०७८, बुधबार
थारु गाउँमा धमाधम नेतृत्वय चयन, रामपुरको भलमन्सामा रामलाल

कैलाली । कैलालीको थारु बस्तीमा धमाधम नेतृत्व चयन भइरहेको छ । माघ पछि गाउँपिच्छे भइरहेको भुरा खेल तथा खोज्नीबोज्नीबाट नयाँ नेतृत्व चयन भइरहेको हुन् ।
यसै बिच कैलारी गाउँपालिका वडा नम्बर ७ रामपुरमा पनि बुधबार भुरा खेल भएको छ । भुराखेलबाट रामलाल चौधरीलाई भलमन्साका लागि सर्मसम्मत चयन गर्दै एक वर्षकोलागि जिम्मेवारी दिइएको हो ।
त्यसैगरि अघरियामा गहेन्दर थारु र लेखन्दास (सचिव)मा लक्ष्मण थापामगर, चौकीदारमा जीतराम चौधरीलाई सर्वसम्मत चयन गरिएको छ ।
यता कैलारी गाउँपालिका वडा नम्बर ३ उत्तर भर्रीमा पनि बुधबार भुरा खेल भएको छ । भुराखेलबाट सन्तराम चौधरीलाई पुनः भल्मन्साको जिम्मेवारी दिइएको छ भने राकेश चौधरीलाई अघरियाको जिम्मेवारी दिइएको छ ।