६ चैत्र २०८०, मंगलवार March 19, 2024

सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

२२ श्रावण २०७८, शुक्रबार
सरस्वती चौधरी प्रधानमन्त्री कपमा सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली, २५ फागुन । सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा सरस्वती चौधरी सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छिन् ।

नेपालगञ्जमा मंगलबार सम्पन्न प्रतियोगितामा एपीएफ क्लबकी सरस्वती सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी हुन् । धनगढी घर भएकी चौधरीले एपीएफ क्लबलाई उपाधि दिलाउन उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । सर्वाेत्कृष्ट खेलाडी भएसँगै सरस्वतीले २५ हजार प्राप्त गरिन् । यस्तै, व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर पुलिसकी उषा भण्डारी, ब्लकर एपीएफकी हिरा के.सी, सेटर पुलिसकी कमला पुन, लिब्रो न्यु डाइमण्डकी सलिना श्रेष्ठ, सर्भर प्रतिभा माली र प्रशिक्षक एपीएफका महेश चौधरी चुनिए ।
उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले ५ हजार र प्रमाणपत्र प्राप्त गरे ।