९ जेष्ठ २०८१, बुधबार May 22, 2024

नयाँ सत्ता समीकरण पूरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

९ बैशाख २०८१, आईतवार
नयाँ सत्ता समीकरण पूरै अवधि चल्छ : प्रधानमन्त्री प्रचण्ड

धनगढी, ९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नयाँ सत्ता समीकरण पूरै समयावधि चल्ने बताएका छन् । उनले सत्ता समीकरणबारे बाहिर चलेका हल्लाको पछाडि नलाग्न पनि आग्रह गरेका छन् ।
आइतबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेशका सरकार बनाउने चरण पनि अन्तिम चरणमा पुगेकाले अब प्रदेश पनि बलियो भएर अघि बढ्ने बताए । प्रधानमन्त्रीले विगतका तुलनामा नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न तरिकाले वैज्ञानिक र जनमैत्री आउने पनि बताए ।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री विहान धनगढी पुगेका थिए ।
प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश प्रमुख नजिर मिया, नवनियुक्त मुख्यमन्त्री दीर्घबहादु सोडारी, मन्त्री कैलाश चौधरी, नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेल, प्रतिनिधि सभा र प्रदेश सभा सदस्य, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टलगायत धनगढी विमानस्थल पुगेका थिए ।