धनगढी, २४ चैत । बातचित घरले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरि मनाएको छ ।
सामाज रुपान्तरण गर्ने उद्देश्यले स्थापना भएको बातचित घरले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सहित समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।


महिलाहरुको हकअधिकारको क्षेत्रमा विगत लामोसमय देखि क्रियाशिल रहेकी थारु महिला सभा कैलालीकी संस्थापक अध्यक्ष दुर्गा कुश्मी, निर्माण व्यवसायी छेदुलाल चौधरी र शिक्षा क्षेत्रमा योगदान पुर्याए बाफत राजकुमार महतोलाई प्रमाणपत्र सहित सम्मान गरिएको घरका बरघर ठाकुर करियाप्रधानले जानकारी दिए । साथै सोही अवसरमा रक्तदान कार्यक्रमलाई संयोजन तथा सहयोग गरे वाफत कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौरी र थाकस कैलाली सदस्य अनिता चौधरीलाई पनि सम्मान गरिएको बरघर करियाप्रधानले जानकारी दिए ।



‘बचाई ज्यान, आई करि रक्तदान’ भन्ने मुल नाराका साथ यस वर्ष वार्षिकत्सवको अवसरमा १८ जनाले रक्तदान गरेको जनाइएको छ । बातचित घरले विगत तीन वर्षदेखि निरन्तर सामाजिक मुद्धामा बातचित (बहस) सहितको श्रृंखला सञ्चालन गर्दै आईरहेको छ ।

