२५ भाद्र २०८३, बिहीबार September 10, 2026

भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्पर्क गर्न आग्रह

२५ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्पर्क गर्न आग्रह

काठमाण्डौं, २५ भदौ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले भोटेकोशीमा आएको बाढीका कारण समस्यामा परेका आफ्नो समुदायकोसहित पश्चिम नेपालका नागरिकलाई आफ्नो सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी छन् ।
आवश्यक सहयोग र समन्वयका लागि मन्त्रीले सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी हुन । उनले बाढीका कारण कुनै पनि किसिमको समस्या वा अप्ठ्यारोमा परेका व्यक्ति, परिवार वा प्रतिनिधिले उद्धार, राहत तथा अन्य आवश्यक सहयोगका लागि आफ्नो सचिवालयमा सम्पर्क गर्न आग्रह गरेकी छन् ।
प्रभावित नागरिकले ९७१३४७२७०५ नम्बरमा सम्पर्क गर्न सक्ने मन्त्रीको सचिवालयले जनाएको छ । प्रभावितहरूको समस्या तत्काल सम्बोधन गर्न तथा आवश्यक राहत र उद्धारका लागि समन्वय गर्न सचिवालयले सम्पर्क नम्बर सार्वजनिक गरेको हो । रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट लगायतका प्रभावित जिल्ला पुगेका पश्चिम नेपालका कैयौं नागरिक भदौ १० गतेको भोटेकोशी बाढीपछि अझै सम्पर्कविहीन रहेका छन् ।