४ बैशाख २०८३, शुक्रबार April 17, 2026

जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छु : बीरमान

१३ फाल्गुन २०८२, बुधबार
जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छु : बीरमान

धनगढी, १३ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कैलाली निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बीरमान चौधरी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
उनले विभिन्न टोल तथा बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् भने जनताका सुझाव, सल्लाह र समस्या संकलन गरिरहेका छन् ।
घरदैलोका क्रममा उनले निर्वाचन क्षेत्रको समग्र विकास तथा जनताका आधारभूत आवश्यकता पूरा गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन् ।


चौधरीले विगतमा आफूले सकेसम्मका विकासका काम गरेको दाबी गरेका छन् । “पहिले जति सके काम गरेको छु, अहिले पनि काम नै मेरो प्राथमिकता छ” उनले भने ।
उनले पूर्वाधार विकासका कामलाई पनि प्राथमिकताका साथ अघि बढाइने बताएका छन् । चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा सडक पूर्वाधार लगायतलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले यस क्षेत्रमा नदी कटान तथा डुवानको समस्या रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।