धनगढी, २८ माघ । दैलो ट्राभल्स् प्रालिको चार्जिङ स्टेशन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
प्रालिले धनगढी उपमहानगरपालिका–७ जेपी चौकमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । इभी गाडी चार्जिङलाई मध्यनजर गरि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको प्रालिको जनाएको छ ।
चार्जिङ स्टेशनमा ऋऋक्द्द र न्द्यत् इभी गाडी चार्ज गर्न सकिने प्रालिले जनाएको छ ।
विगत एक वर्षदेखि प्रालिले कैलाली र कञ्चनपुरका यात्रुहरुलाई नेपालगन्जसम्मको यात्राकोलागि ईलेक्ट्रिक माईक्रो बस नियामित सञ्चालनमा ल्याएको हो ।
कञ्चनपुरको बेलौरी र धनगढीदेखि हुलाकी राजमार्ग हुदै हसुलिया, भजनी, टीकापुर राजापुरहुदै नेपालगन्जसम्मको सहज यात्रा दैलोको १५ वटा ईलेक्ट्रिक माईक्रो बस नियामित सञ्चालन छ । साथै यात्रुलाई सहजरुपले सुविधा दिनकोलागि ठाउँ÷ठाउँमा टिकट काउन्टर समेत स्थापना भएको छ ।
धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोड गुरही चौकमा दैलोको मुख्य टिकट काउन्टर रहेको छ । भने जेपी चौकमा प्रधान कार्यालय रहेको छ ।