धनगढी, १४ पुस । कैलालीको कैलारी गाउँपालिकामा लागु भएको किशोरी सशक्तिकरण परियोजनाको सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको आयोजना तथा यूनिसेफको सहयोग र कैलारी गाउँपालिकाको समन्वयमा कैलारीमा ‘किशोरी सशक्तकीकरण परियोजना’ मार्फत विभिन्न गतिविधि सञ्चालन गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले संस्थाले सिकाएको राम्रो सिकाईलाई संस्थागत गर्नुपर्ने बताइन् । अहिले श्रमदान गर्ने र मेहनत गरिखाने संख्यामा कमी आएको छ । विगतका दिनमा बाटो घाटो निर्माण, बेठबेगारी आफै गर्ने चलन थियो सानो तिना कामका लागि स्थानीय सरकारको मुख हेर्र्ने गरेको पाइन्छ । भौतिक विकासलाई मात्र विकास देखिने गरेको भएपनि मानविय तथा सामाजिक विकास महत्वपूर्ण रहेको गाउँपालिका उपाध्यक्षले बताइन् ।
कार्यक्रममा परियोजनाले गरेको गतिविधिबारे जानकारी दिदै सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यक्रम संयोजक तिलक चौधरी रुपान्तरण कक्षामा सहभागी भएका बाल संरक्षणका क्षेत्रमा जोखिममा रहेका पाँच जान परिवारलाई २० हजारका दरले आयआर्जनमा लगानी गरेको, बालविवाह न्यूनिकरण गर्न विभिन्न तालिम संचालन गरेको बताए ।
अति सीमान्तकृतभित्र पर्ने सामाजिक सुरक्षाका दृष्टिले जोखिममा रहेका १० जना परिवारलाई २५ हजारका दरले उद्यम संचालनको लागि सहयोग गरिएको बताए ।
सामुदायिक विकास केन्द (सिडिसी) डोटीका कार्यक्रम अधिकृत करुणा चौधरी यूनिसेफको सहयोगमा उक्त परियोजना अन्र्तगत कैलारी गाउँपालिकाका विभिन्न वडाका १५ जना परिवारलाई सानो उद्यम संचालनका लागि आर्थिक सहयोग गरेको बताइन् ।
सिडिसीबाट सहयोग पाएपछि आफूहरुले बाख्रा पालन सुरुवात गरेको कैलारी–७ का हरिशंकर चौधरीले बताए । सिकाई आदनप्रदान कार्यक्रममा यूनिसेफका बाल संरक्षण अधिकृत प्रकाश कैनी यस परियोजना अन्र्तगत बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग, विभिन्न किसिमका क्षमता अभिवृद्धि तालिमपनि संचालन गरेको बताए ।
कैलारी गाउँपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख बालकुमारी परियोजनाले बाल संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष, विभिन्न शाखाका प्रमुख, सामाजिक परिचालक सकुन्तला चौधरीलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन गाउँपालिकाका सामाजिक विकास शाखाका प्रमुख यगम कलेलले गरेका थिए ।