४ बैशाख २०८३, शुक्रबार April 17, 2026

हत्या आरोपमा कैलारीबाट एक पक्राउ

२५ मंसिर २०८२, बिहीबार
हत्या आरोपमा कैलारीबाट एक पक्राउ

धनगढी, २५ मंसिर । बर्दियामा एक युवकको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङका महावीर चौधरीलाई कैलालीको कैलारी गाउँपालिका–१ मंझराबाट पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय र बर्दिया प्रहरीको संयुक्त टोलीले आज विहान पौने ३ बजे मंझराको एक खाली घरमा सुतिरहेको अवस्थाबाट चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाशसिंह विष्टका अनुसार बर्दिया घटनापछि फरार चौधरीलाई प्रहरीले वनमासमेत खोजेको थियो । राति एउटा खाली घरमा सुतिरहेको अवस्थाबाट उनलाई पक्राउ गरेको विष्टले बताए ।
चौधरीमाथि पेस्तोलले गोली हानेर दाङको तुलसीपुर नगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको हत्या गरेको आरोप लागेको छ । उनी लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।