धनगढी, ११ मंसिर । ३४औं लैंङ्गिक हिंसा विरुद्धके १६ दिने अभियान अन्र्तगत उद्यमीहरुले भोग्नु परेका लैंङ्गिक हिंसा र त्यसबाट बच्नका लागि अपनाइएका उपायहरुको बारेमा उद्यमी बिच छलफल तथा अभिमु्खीकरण कार्यक्रम गरिएको छ ।
मुक्त कमैया महिला विकास मञ्चले एफसिए नेपालको सहयोगमा गैरपरम्परागत क्षेत्रमा महिला उद्यमशिलता विकास परियोजना अन्र्तगत विहिबार अत्तरिया उद्यमी बिच छलफल गरिएको हो ।
गोदावरी नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख गोदावरी खत्रीले लैंङ्गिक हिंसा न्यूनिकरणबारे प्रस्तुतीकरण गर्दै हिंसा सहदै जाँदा भारी घटनामा परिणत हुने बताउदै त्यसको समयमै प्रतिकार गर्नुपर्ने बताए । समाजमा अहिले पनि पितृसत्तात्मक सोचका कारण लैङिक हिंसामा कमी आउन नसकेको उनले बताइन् । महिलाहरुलाई गर्भदेखि विभेद गर्दै कोई सासुबुहारी बन्दासम्म विभेद हुने गरेको उनले बताइन् ।

‘बालविवाह, मानव बेचविखन, तस्कारीका कारण महिलाहरु हिंसामा पर्छन’, उनले भनिन्, ‘राजनितिक, आर्थिक, सांस्कृति तथा सामाजिक रुपमा महिलालाई पछाडी पारिएको छ । हिंसा घरबाट सुरुवात हुँदै हेराई, बोलाई, व्यवहारबाट हिंसामा परिरहेका छन् ।’
महिलाहरु आर्थिक रुपमा बलियो, सशक्त नभएसम्म हिंसा न्यूनिकरण गर्न नसकिने शाखा प्रमुख खत्रीले बताइन् ।
अत्तरियामा रहेको महिला तथा बालबालिका सेफ हाउसका प्रमुख जानकी मलासी महिलाहरु आफन्तबाट बढी पीडित भएको बताइन् । कोही–कोही महिला तथा बालिका आफ्नै श्रीमान्, बा, दाजुभाई वा नजिकका साथीबाट बलात्कृत भएका छन् । अहिलेको अवस्था हे¥यो भने समाज कतातिर गैरहेको छ । गम्भीर चिन्तन् मनन् गर्नुपर्ने बेला आएको छ । महिला तथा बालबालिकालाई प्रलोभनमा पारी बलात्कार गर्ने वा पछि विभिन्न थरिले हिंसा गरिएको उनले बताइन् ।
कार्यक्रममा मुक्त कमैया महिला विकास मञ्चका उद्यम विकास अधिकृत सन्तोष पराजुली महिला उद्यमीहरुले सामना गर्ने विभिन्न समस्याहरुको विश्लेषण गर्ने र व्यापार व्यवसाय÷उद्यम स्थापना र संचालन गर्दा हुन सक्ने सम्भवित लैङिक हिंसा के कस्ता हुनसक्छन्, सरकारी र गैरसरकारी माध्यमद्वारा चालेका कदमहरु अन्वेशण गर्न महिला उद्यमशिलता प्रवद्र्धन गर्ने संस्थाहरु लैङिक हिंसा विरुद्ध चालेका कदमबारे प्रस्तुती गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको आर्थिक बर्ष २०८०÷०८१ सालको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा यौनजन्य हिंसाको मुद्दा २८९ वटा, जवरजस्ती करणी तथा हत्याको १ , बहुविवाहको ८० मुद्दा दर्ता भएको उनले बताए ।
त्यसैगरी वालविवाहको मुद्दा दर्ता ७, तेजाव प्रहार एक, घरेलु हिंसाको सबभन्दा बढी ९ हजार २१४ मुद्दा, अवैध गर्भपतनको ५, जातीय छुवाछुटको एक, मानव वेचविखन तथा ओसारपसारको १० मुद्दा दर्ता भएको बताए ।
मञ्चका उद्यम विकास अधिकृत पराजुली महिलाहरुलाई उद्यमी बन्नका लागि सहयोग सपोट गर्दै आएको बताए । कार्यक्रममा मञ्चका उद्यम विकास सहजकर्ता सुरेश भट्ट लगायत गोदावरी नगरपालिकाका विभिन्न वडाबाट उद्यमी महिलाहरुको सहभागिता रहेको थियो ।