धनगढी, १ मंसिर । कैलालीका अत्यन्तै सकृय मानवअधिकारबादी एंव शैक्षिक एंव सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका पूर्व बिद्यार्थी तदर्थ समितिको सचिवमा चयन भएका छन् ।
शारदा माध्यमिक बिद्यालयले आयोजना गरेको पूर्व बिद्यार्थी सम्मेलन–२०८२ बाट रैका सर्वसम्मत सचिवमा चयन भएका हुन ।
अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार,दलितअधिकार, सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव शैक्षिक ,सामाजिक बिकासका क्षेत्रमा कृयाशिल रहदै आएका छन् । उनी विभिन्न अधिकारमूखी तथा सामाजिक अभियानहरुमा अत्यन्तै सकृय हुनुका साथै युवा विद्यार्थी माझ निकै लोकप्रिय ब्यक्ति पनि हुन ।
पूर्व बिद्यार्थी,बिद्यालय परिवारले गरेको बिश्वास प्रति कृतज्ञ हुँदै बिद्यालयको शैक्षिक बिकासमा आफू सदैब कृयाशिल रहने सचिव रैका ले बताए ।
कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन्
अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालको केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको प्रबन्ध समितिको कोषाध्यक्ष र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव,एम्नेस्टी ईन्टरनेशनल नेपालको को सेक्रेटरी,दलित गैरसरकारी संस्था महासंघका प्रदेश सह–सचिव पदमा रहि मानवअधिकार,दलित अधिकार, सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।