१५ बैशाख २०८३, मंगलवार April 28, 2026

प्रधानमन्त्री कार्कीले लिइन् शपथ

२७ भाद्र २०८२, शुक्रबार
प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौँ, २७ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतल निवासमा शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरु सहभागी थिए ।
लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्याधीश कार्कीलाई केहीबेर अघि मात्रै अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
संविधानको धारा ६१ को उपधारा ३ र ४ मा अन्तर्निहित राष्ट्रध्यक्षको अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो । जसमा धारा ६१ को उपधारा ३ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने कुरा उल्लेख छ भने उपधारा ४ मा संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर लेखिएको छ ।

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा नियुक्त भएकी कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । सुशीला कार्की नेपालको न्यायिक इतिहासमा एक ऐतिहासिक व्यक्तित्व मानिन्छिन्। उनी नेपाल सर्वोच्च अदालतको प्रथम महिला प्रधानन्यायाधीश हुन् । उनी २०७३ साल वैशाख ११ गते (2016 A.D.) सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएकी थिइन् । यसरी उनको नियुक्तिले नेपालको न्यायपालिकामा मात्र नभई सम्पूर्ण समाजमा पनि लैङ्गिक समानताको नयाँ ढोका खोलिदिएको थियो ।

सुशीला कार्कीको जन्म भोजपुर जिल्लामा भएको हो। उनले राजनीतिक विज्ञानमा स्नातकोत्तर (Master’s) भारतको बनारस हिन्दू विश्वविद्यालय (BHU) बाट गरिन् । त्यसपछि उनले कानुन (LL.B.) को अध्ययन गरिन् । शिक्षण पेशामा केही समय बिताइसकेपछि उनी कानुन व्यवसायतर्फ प्रवेश गरिन् ।

  • उनले वकिलको रूपमा आफ्नो यात्रा सुरु गरिन्  र २०४९ साल (1992 A.D.) मा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् ।
  • करिब दुई दशक लामो न्यायिक सेवापछि २०७० सालमा सर्वोच्च अदालतको कायम सरुवा न्यायाधीश र पछि कायम न्यायाधीश बनिन् ।
  • अन्ततः २०७३ सालमा प्रधानन्यायाधीशको पद सम्हाल्दै पहिलो महिलाको बनिन् ।