११ आश्विन २०८२, शनिबार September 27, 2025

रेशमको अभिव्यक्तिप्रति आपत्ति

१३ भाद्र २०८२, शुक्रबार
रेशमको अभिव्यक्तिप्रति आपत्ति

धनगढी, १३ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले दिएको अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ ।
नेपाल मगर संघले आयोजना गरेको स्व. गोरेबहादुर खपाङ्गी मगरको ९औँ स्मृति दिवसका क्रममा चौधरीले ‘मलाई थारु नेताहरूले झ्यालखाना पठाए’ भन्ने आरोप लगाएका थिए । समितिले चौधरीको आरोपलाई निराधार, कपोकल्पित र थारु आन्दोलनको मर्म विपरीतको राजनीतिक बेइमानी भएको भन्दै घोर भत्र्सना गरेको छ।


थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिका संयोजक प्रेमीलाल चौधरीले एक विज्ञप्ति जारी गर्दै सङ्घर्ष समितिले चौधरीलाई गलत अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन् ।
सङ्घर्ष समितिले थारु नेताहरूले निरन्तर ४१ बुँदे माग, राज्यसँग भएका सहमति–सम्झौताको कार्यान्वयन, टीकापुर घटनासम्बन्धी न्यायिक प्रतिवेदन सार्वजनिक, राजबन्दीहरूको रिहाइ तथा शहीद–घाइते परिवारको पुनस्र्थापना जस्ता मुद्दामा सङ्घर्ष गरिरहेको स्पष्ट पार्दै चौधरीको आरोप ‘कदापि सह्य नभएको’ जनाएको छ।