१२ बैशाख २०८३, शनिबार April 25, 2026

अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरापर्व मनाईदै

१३ भाद्र २०८२, शुक्रबार
अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरापर्व मनाईदै

अमेरिका, २९ अगस्ट । अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरापर्व मनाईने भएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्डको आयोजनामा गौरापर्व मनाइन लागिएको हो ।
मेरिल्याण्ड स्थित हिन्दुबुद्ध मन्दिरमा यहि आउदो अगस्ट ३१ तारिख आइतबार हुन लागेको गौरा पर्वको तयारि अन्तिम चरणमा पुगेको गौरा व्यबस्थापन समितिले जनाएको छ । समितिका अनुसार पर्वका लागि प्रतिमा बनाउने, बिरुडा अर्थात क्वाटी बनाउने, मन्दिर प्रागंणलाइ ध्वजापताले सिघार्ने, गेट निर्माण गर्ने, देउडा खेलको तयारि गर्ने लगायतका कार्यक्रमहरु धमाधम भईरहेका छन ।
नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौरा बिगत ४ वर्ष देखि मेरिल्याण्ड राज्यमा पनि मनाईदै आएको छ । आफ्नो कला सस्कृतीको संरक्षण तथा पुस्तान्तरणमा टेवा पुर्याउने उद्धेश्यले गौरा पर्व मनाउन थालिएको गौरा व्यबस्थापन समितिका संयोजक तिर्थराज पाण्डेयको भनाई छ ।
आउँदो आईतवार हुन गईरहेको पर्वमा गौरा देवीको पुजा अनि देउडा खेल हेर्नका लागि मेरिल्याण्ड, डिसी राज्य बरपर रहनुभएका सबैजना नेपालीभाषीहरुलाई नेपाली पोशाकमा उपस्थित भई पर्व सफल पार्न हुन समितिले सबैमा अनुरोध समेत गरेको छ ।