११ आश्विन २०८२, शनिबार September 27, 2025

जयन्ती र पविना चौधरी सुदूरपश्चिम विश्व विद्यालय टप

३ भाद्र २०८२, मंगलवार
जयन्ती र पविना चौधरी सुदूरपश्चिम विश्व विद्यालय टप

धनगढी, ३ भदौ । स्नातक तहमा होटेल म्यानेजमेन्ट (बीएचम) सञ्चालन गरेको पहिलो वर्षमै कैलाली बहुमुखी क्याम्पसले उत्कृष्ट शैक्षिक नजिता ल्याउन सफल भएको छ ।
भर्खरै प्रकाशित नतिजा अनुसार बीएचम प्रथम सेमेस्टरमा जयन्ती चौधरी र पविना चौधरीले समान ३.९० जीपीए सहित सुदूरपश्चिम विश्वविद्यालय टप गरेका छन् ।


होटल म्यानेजमेन्ट कार्यक्रममा अध्ययनरत प्रथम सेमेस्टरका १९ जना मध्ये १७ जना अर्थात ८९.४७ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् । जसमा प्राध्यापक र विद्यार्थीहरुको विषयगत उत्तीर्ण दर ९४–१०० प्रतिशत रहेको बीएचएम कार्यक्रम संयोजक उप–प्राध्यापक नरेन्द्र शाहले बताए ।
यो क्याम्पसकै लागि ऐतिहासिक सफलता भएको र सबै सदस्यहरूको लगाव, मेहनत प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि कार्ययोजना अनुरूप इमान्दारी पूर्वक विद्यार्थीहरूको विश्वास जित्ने गरि काम गर्ने उप‐प्राध्यापक शाहले बताए ।
पहिलो व्याचले उत्कृष्ट नतिजा हाँसिल गरेपछि क्याम्पसको गरिमा र आत्मविश्वास बढेको क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले बताए । ‘उतीर्ण नतिजाले वास्तवमै प्रफुल्लित र गौरवान्वित बनाएको छ’ क्याम्पस प्रमुख डा. बिष्टले भने, ‘होटल म्यानेजमेन्ट कार्यक्रम नै सैद्धान्तिकभन्दा प्रयोगात्मक बढी हुने भएकोले उच्च गुणस्तरको प्रयोगशाला निर्माण गरेका छौँ ।’ भविष्यमा रोजगारमुखी जनशक्ति र तीनको व्यवस्थापन र सिकाइको लागि क्याम्पसबाट कुनै कसर बाँकी नराख्ने उनले बताए ।
बजारकोभन्दा सर्वसुलभ शुल्कमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिक पाठ्यक्रमसहित कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा उक्त कार्यक्रम गत वर्षबाट सञ्चालनमा आएको हो ।