११ आश्विन २०८२, शनिबार September 27, 2025

विश्व फोटोग्राफी दिवसको अवसरमा खाद्यान्न सहयोग

३ भाद्र २०८२, मंगलवार
विश्व फोटोग्राफी दिवसको अवसरमा खाद्यान्न सहयोग

धनगढी, ३ भदौ । नेपाल फोटोग्राफर एशोसिएसन धनगढी नगर समितिले १८६औं विश्व फोटोग्राफी दिवस विविध कार्यक्रम गरि मनाएको छ ।


सोही अवसरमा मंगलबार धनगढी स्थित बाल मन्दिरमा रहेका अनाथ बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ । बाल मन्दिरमा रहेका अनाथ बालबालिकाका लागि चामल, दाल, तेल लगायत १० हजार बराबरको खाद्यान्न सहयोग गरेको धनगढी नगर समितिका संयोजक मानबहादुर चौधरी जानकारी दिए । उनले बालमन्दिरका अध्यक्ष चुडामणि भट्टलाई उक्त खाद्यान्न हस्तान्तरण गरेको जानकारी दिए । बालमन्दिरमा २४ जना अनाथ बालबालिका रहेका छन् ।


कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भुवन जोशी, निवर्तमान अध्यक्ष भुपेन्द्र बोहरा, भिडियो उपसमिति संयोजक उत्तम थापा, ल्याब सञ्चालक दुर्गाहरी पराजुली, उपसमिति सदस्य दया शंकर चौधरी लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बीर बहादुर महराले गरेका थिए ।