११ आश्विन २०८२, शनिबार September 27, 2025

युवा अभियन्ता ठाकुर करियाप्रधानलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड

२८ श्रावण २०८२, बुधबार
युवा अभियन्ता ठाकुर करियाप्रधानलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड

धनगढी, २८ साउन । कैलालीका युवा अभियान्ता ठाकुर प्रसाद चौधरी (करियाप्रधान)लाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड २०२५ बाट सम्मानित गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा Youth for Human rights Campaign Nepal द्वारा आयोजित International Conference on ‘Migrant Workers’ Human Rights कार्यक्रमका बीच उनीसहित २ नेपाली र १ बंगलादेशी युवा अभियानतालाई सम्मानित गरिएको हो ।

उनलाई मानवअधिकारको रक्षा र प्रवद्र्धनको क्षेत्रमा खेलेको असाधारण र उच्च योगदानको कदर गर्दै सो संस्थाले इजरायली राजदूत स्मुलिक अरि बासमार्फत उनलाई अन्तर्राष्ट्रिय मानवअधिकार हिरो अवार्ड प्रदान गरेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका १० थेवैका स्थानीय रहेका करियाप्रधान सन २०१० देखि युवा सशक्तिकरणको क्षेत्र क्रियाशिल छन् ।

उनी फरक संस्कार र पृष्ठभूमिका युवाहरुलाई एकात्रित गर्दै देश र जनताप्रति जिम्मेवार नागरिक बनाउन युवा कम्पेनिङ गर्नुका साथै युवाको क्षेत्रमा वकालत गर्दै आएका छन् ।

उनी थारु विद्यार्थी समाज, आदिवासी जनजाति विद्यार्थी महासंघ हुँदै समाज रुपमान्तरणको लागि भन्दै बहस पैरवी गर्दै आएको बातचित घरको नेतृत्व गर्नुका साथै ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (आरडीआसी) कैलालीका जिल्ला संयोजक पनि हुन् ।