२४ जेष्ठ २०८३, आईतवार June 7, 2026

बोण्ड इङ्गलिस बोर्डिङ स्कूलको १६औं बार्षिकोत्सव

४ फाल्गुन २०८०, शुक्रबार
बोण्ड इङ्गलिस बोर्डिङ स्कूलको १६औं बार्षिकोत्सव

हसुलिया, ४ फागुन । कैलाली जिल्लास्थित कैलारी गाउँपालिका वडा नम्बर ५ मा रहेको बोण्ड इङ्गलिस बोर्डिङ स्कूलको १६औं बार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
कैलारी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष धोजहरिपाल बोहराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले विद्यार्थीहरुको भविष्य उज्वल बनाउन अभिभावक जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले भने, ‘विद्यार्थीहरुको पहिलो पाठशाला उनीहरुका अभिभावक, घर परिवार रहेकाले घरमा विद्यार्थीलाई बढी ध्यान दिनु पर्छ । विद्यार्थीहरु विद्यालयमा ५÷६ घण्टा हुन्छन । विद्यालयमा शिक्षक राम्रोसँग पढाए पनि घर गएको विद्यार्थीलाई अभिभावकले गृहकार्य नगराउदा, पढने वातावरण नबनाउदा विद्यार्थीहरुको पढाईमा सुधार हुन सक्दैन ।’


कुनै विद्यार्थी कम्जोर छ भने उनीहरुलाई हप्काएर दबाव दियो भने उल्टै मनोवल खस्कने भएकोले माया गरी सम्झाउदा पढाईमा सुधार हुने बताए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तिलक बोहरा अभिभावकहरुको माया र सहयोगले विद्यालय यहाँसम्म पुगेको र १६औं बार्षिकोत्सव मनाउन सफल भएको बताए । उनले भने, ‘बोण्ड इङ्गलिस बोडिङ स्कूल सैद्धान्तिक शिक्षासँंगै व्यवहारिक र संस्कारिक शिक्षामा जोड दिएको छ ।’ विद्यालयले अहिले शैक्षिक ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिएको उनले बताए ।
कक्षा ९ सम्म पढाई हुदै आएको यस विद्यालयमा यसै शैक्षिकसत्रदेखि कक्षा १० सम्म पढाई हुने समेत उनले बताए ।
कार्यक्रममा पहुरा दैनिकका सम्पादक प्रेम चौधरी बोण्ड इङ्गलिस बोर्डिङ स्कूल शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा फडको मर्दै गएको बताए । उनले भने, ‘विद्यार्थीहरुको शिक्षा, स्वास्थ्यमा अभिभावकले ध्यान दिनु पर्ने अवस्था रहेको छ । अभिभावकले नास्ताकोे रुपमा बालबालिकालाई जंङक फुड दिएर पठाएको कारण उनीहरुको स्वास्थ्यमा ठुलो असर परी रहेकोले खाजा नास्ताका लागि अभिभावकले धयान दिन जरुरी रहेको छ ।’ उनले विद्यार्थीको स्वास्थ्य बिग्रदा पढाईमा समेत असर पर्ने बताए ।
कार्यक्रममा विद्यार्थी आराध्या बोहरा कुनै पनि विद्यार्थीले लक्ष्य लिएर आगाडी बढ्न जरुरी रहेको बताए । उनले भनिन्, ‘बिना लक्ष्य हिडदा गन्तव्यमा पुग्न अथवा नपुग्ने कुनै ग्यारेण्टी छैन । विद्यार्थीले लक्ष्य र योजनाका साथ आगाडी बढे गन्तव्य पुग्न सजिलो हुन्छ ।’ उनले आफु भविष्यमा पढेर डाक्टर बनेर समाजको सेवा गर्ने लक्ष्यका आगाडी बढेको बताइन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारीराम चौधरीको अध्यक्षतामा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा नगेश पशुपति शिक्षा मन्दिरका प्रअ रतन चौधरी, विद्यार्थी यूवराज ढुङगाना लगायत मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका कविता चौधरी र संचालन भाइस प्रिन्सिपल बमबहादुर धामीले गरेका थिए । वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक तथा वार्षिकोत्सवको अवसरमा भएको खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीलाई अभिभावक र अतिथिहरुको बाट पुरस्कार वितरण समेत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।