८ बैशाख २०८३, मंगलवार April 21, 2026

डिएनएफको उपसचिव एंव संचार प्रमुखमा राजेन्द्र रैका

२० मंसिर २०८०, बुधबार
डिएनएफको उपसचिव एंव संचार प्रमुखमा राजेन्द्र रैका


धनगढी । कैलालीका अत्यन्तै सक्रिय मानवअधिकारबादी एंव सामाजिक अभियन्ता, अधिकारकर्मी राजेन्द्र रैका दलित गैरसरकारी संस्था महासंघ नेपालको सुदूरपश्चिम प्रदेश अधिबेशनबाट प्रदेश उप–सचिव पदमा निर्वाचित भएका छन् ।
दलित गैरसरकारी संस्था महासंघको तेस्रो अधिबेशनबाट रैका निर्वाचित भएका हुन् । उनले दलित गैरसरकारी संस्था महासंघको सूचना एंव संचार बिभाग प्रमुखको जिम्मेवारी समेत प्राप्त गरेका छन् ।
अधिकारकर्मी रैका दुई दशकदेखि मानवअधिकार, दलितअधिकार, सामाजिक न्याय, रुपान्तरण, युवा सशक्तिकरण, दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक विकासका क्षेत्रमा क्रियाशिल रहदै आएका छन् ।
कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन् । अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालको केन्द्रीय अध्यक्ष, मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समिति सदस्य र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव, बहुउद्देश्यीय विकास समाज, एम्नेस्टी ईन्टरनेशनल नेपालकोको सेक्रेटरी पदमा रहि मानवअधिकार, दलित अधिकार, सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा क्रियाशिल रहेका छन् ।