८ बैशाख २०८३, मंगलवार April 21, 2026

भजनीमा दशैँको अवरसमा फुटबल प्रतियोगिता

२० आश्विन २०८०, शनिबार
भजनीमा दशैँको अवरसमा फुटबल प्रतियोगिता

कैलाली । भजनी नगरपालिकामा विजया दशमी तथा शुभ दिपावलीको अवरसमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
भजनी नगरपालिका वडा नं. २ वडा कार्यालयको प्रबर्द्धकमा र न्यु सनराइज युवा क्लब रजवाराको आयोजनामा खुल्ला फुटबल प्रतियोगिता सुरु भएको हो । ‘‘हाम्रो गोल, लागु औषध विरुद्धको गोल“ भन्ने नाराका सहित सुरु भएको प्रतिगिताको उद्घाटन सत्रका प्रमुख अतिथी भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी रहेका थिए ।
नगर प्रमुख चौधरीले नगरपालिकाले खेलाडी उत्पादन तथा खेल प्रतियोगितामा लगानी गर्न पहिलो कार्यपालिका बैठकबाट नै निर्णय भएको बताए । उनले भजनी नगरपालिकालाई खेलकुदको माध्यमाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि जनशक्ति निर्माणसँगै भलिबल, फुटबल, क्रिकेट लगायतका खेल प्रतियोगितामा नगरपालिका सहयोग गर्ने बताए ।
कार्यक्रमका अतिथीहरुमा वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा पुन, सुदुर पश्चिम क्लबका संस्थापक अध्यक्ष सुरेश हमाल, भजनी नगरपालिकाका इन्जिनियर अनेश श्रेष्ठ, समाजसेवी, सुरक्षाकर्मी, पत्रकार लगायत रहेका थिए ।


क्लबका अध्यक्ष मुकेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव इन्द्र बहादुर बिकले गरेका थिए ।
यसै बिच शनिबार भजनी क्लब भजनी वडा नं. १ र भजनी वडा नं. २ कटानपुर बिच भएको उद्घाटन खेलमा भजनी क्लब भजनीले ५–१ गोल अन्तरले बिजय भएको छ । प्रतियोगितामा भजनी नगरपालिका भित्रका ९ वटै वडा र जोशीपुर गाउँपालिकाका ४ वडा सहित १६ टिम रहेको छ ।